Logo

शरीरमा अक्सिजनको मात्रा कम हुँदा कस्ता लक्षण देखिन्छन् ? कुन अवस्थामा अस्पताल जाने ?



काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै आम मानिसमा त्रास बढेको छ । मानिसहरु संक्रमणबाट जोगिन सम्भव भएसम्मका विधि अपनाउन थालेका छन् । कोरोनाको नयाँ भेरियन्टसँगै संक्रमितलाई भेन्टिलेटर भन्दा पनि अक्सिजनको बढी आवश्यकता देखिएको छ ।  अक्सिजनको लेवल कम हुदाँ कस्ता लक्षण देखिन्छन् आज हामी त्यसको बारेमा चर्चा गर्छौ ।

होम क्वारेन्टाइन वा अस्पतालमा भएका संक्रमितले समय–समयमा अक्सिजन चेक गरिरहनुपर्छ । यसको लागि घरमा पल्स अक्सिमिटर डिवाइस राख्ने र औलालाई बेला–बेलामा च्याप्ने गर्नुपर्छ ।

कारोना संक्रमित भएपछि अक्सिजन लेवल घट्दै जान्छ । ९४ देखि १०० सम्म मानिस स्वास्थ्य भएको लक्षण हो भने ९४ भन्दा कम भएमा खतराको संकेत हो र तुरुन्तै अस्पताल जानुपर्छ ।

कोही व्यक्तिको अक्सिजनको लेवल ९१ देखि ९४ देखिएमा घरमा नै प्रोनिङ एक्सरसाइज गराउनु पर्छ । गहिरो सास लिन लगाउनु पर्छ । जसले अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ ।

अनुहारको रङ अध्यारो तथा निन्याउरो देखिन्छ । यदि शरीरमा अक्सिजनको कमी भएमा त्यसको असर अनुहारबाट प्रष्ट देखिन्छ । स्वस्थ अवस्थामा छाला रातो तथा गुलाबी देखिन्छ ।

यदि अक्सिजनको कमी भएमा मानिसलाई सास लिन गाह्रो हुन्छ । छाती दुख्ने तथा दबाब भएको महसुस हुने, लगातार खोकी लाग्ने, बेचैनी र टाउको बेस्सरी दुख्छ । यसर्थ यस्ता लक्षण देखेमा तुरुन्त अस्पताल जानुपर्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्