Logo

प्रचण्डले डाके स्थायी कमिटीको आकस्मिक बैठक



काठमाडौं, २१ बैशाख । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाईएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि दलहरु आन्तरिक छलफलमा जुटेका हुन् । आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि पदाधिकारी बैठक बस्दैछ । हिजो बस्ने भनिएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अवस्थ भएपछि आजको लागि सरेको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्