Logo

लुट्दै खुसी कोरोना



बाँके, बैशाख २२ । बढैयाताल गाउँपालिका–८ कण्ठपुर चौकका ५२ वर्षिय रामलाल चौधरीको परिवारमा यति ठूलो बज्रपात पर्ला भन्ने कल्पना गर्नसमेत सक्दैनथे। ३२ वर्षीय जीवन चौधरी परिवारका एक्ला छोरा थिए। बैकमा जागिरेसमेत गर्ने जीवनले घरको व्यवसाय सघाउँदा घर परिवार कम्ता खुसी थिएनन्।

नेपाल प्रहरीको अवकाश प्राप्त हवल्दार रामलालसँग पर्याप्त नभए पनि सुखी परिवार खुसी राजी नै थियो। जब कोरोना संक्रमणको कहर गाउँ पस्यो एकएक गरी पाँच जनाको लगातार ज्यान लियो भने जीवनलाई पनि छाडेन। अघिल्लो वर्ष वैवाहिक जीवनमा बाँधिएका जीवन पत्निलाई एक्लो बनाएर गए।

जीवनका बुवा पूर्वहवल्दार रामलालको पेन्सनले घर चलिरहेकै थियो। ३२ वर्षीय छोरासँगै मिलेर कण्ठपुर चौकमा भुपू रेष्टुरेन्ट खोलेका व्यवसाय पनि उकालो नै लागि रहेको थियो। तर भर्खरको छोराको साथ पाएका रामलाल भविष्य सुखद कल्पना एक साता नबित्दै चुडाएर लग्यो। लक्का जवान छोरा जीवनलाई वैशाख पहिलो साता आएको सामान्य ज्वराले जिन्दगीको सबै खुसी लुट्यो। सुरुमा सामान्य ज्वरो आएका जीवनले नजिकको मेडिकलबाट औषधि पनि खाए। मौसम परिवर्तनको समय भएकाले औषधि खाएको दुई दिए स्वास्थ्य सामान्यतर्फ उन्मुख हुँदा ढुक्क भए। तर दुई दिनपछि ज्वरो उल्टियो। ९ गते रातमा कडा ज्वरो आयो। बाँकेमा गएर पिसिआर टेष्ट गराएपछि अन्तत कोरोना पुष्टि भयो।

जिन्दगी भरीको खुसी खोसिएको वुवा रामलालले पिडा पोखे। ‘नागरिकतामा भर्खर २९ वर्षमा टेकेको। ३२ वर्षीय जीवनलाई लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा कोरोनाले लग्यो,’ उनले भने, ‘दैवले एक्लो छोरालाई पनि छाडेन।’ यस्तै बढैयातालको वडा नं ८ मा पर्ने पाँच युवालाई यस्तैगरी कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। ४७ वर्षिय गम्भीर रानाभाट सुरुमा सामान्य लक्षण देखिए पनि एक्कासि कोरोना पुष्टि भएको थियो। पिसिआर टेष्ट गराएका रानाभाटको भेरी अस्पतालको शय्यामा कोरानाका कारण मृत्यु भएको चिकित्सकले पुष्टि गरे।

युवा उमेरमै कोरोनाले खुसी लुटेका यी प्रतिनधि घटना मात्र हुन्। चैत दोस्रो साता छुटफुटमा रूपमा देखिएको कोरोना संक्रमण चार साताभित्रमा भुसमा आगो सल्किए जस्तै ग्रामीण र सहरी क्षेत्रमा फैलिएको छ। जिल्लामा रहेका ८ वटा स्थानीय तहमा दैनिक दुई सयको हाराहारीमा कोरोना पुष्टि भएको रेकर्डमा पुष्टि भएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot