काठमाडौं, २२ बैशाख । नेपाल बैंक लिमिटेडले आजदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र खुल्ला गर्ने भएको छ । बैकले आजदेखि ‘८ दशमलव ५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ नामको १० वर्षे अवधिको ऋणपत्र विक्रि गर्न लागेको जनाएको छ ।
१ हजार रुपैयाँ अंकित मुल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख ऋणपत्र विक्रि गर्न लागेको बैंकले १ अर्ब ४० करोड कित्ता बराबरको सर्वसाधारणलाई र २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थालाई विक्रि गर्ने भएको छ ।
सर्वसाधारणको लागि निष्काशन गर्ने मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषहरुमा र बाँकी रहेको १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको ऋणपत्रमा बैशाख २६ गतेसम्म न्युनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ । बैंकले ऋणपत्र निष्कासन तथा विक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।