Logo

प्राइम लाइफ इन्स्योरेन्सको महाविपत्ती कोषमा १४ करोड ७९ लाख संञ्चित



काठमाडौं, २२ बैशाख । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले त्रैमाससम्ममा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा बीमा शुल्क कमाएको विवरणमा उल्लेख गरिएको छ ।

गत वर्ष सोही अवधिमा २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क कमाएको कम्पनीले यो वर्ष ३७ दशमलव ५० प्रतिशतले बढी आम्दानी गरेको हो । कम्पनीले गत वर्षको तु्लनामा यो चालु वर्षमा खुद नाफा पनि बढाएर २२ करोड ८६ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

कम्पनीले ६२ करोड ५२ लाख रुपैयाँ संचित गरेको छ भने १४ अर्ब ३६ लाख रुपैयाँ जीवन बीमा कोषमा र १४ करोड ७९ लाख रुपैयाँ महाविपत्ती कोषको लागि संचित गरको विवरणमा उल्लेख छ । २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ हाल चुक्तापुँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा, मुल्य आम्दानी अनुपात ६९.३८ र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्