एजेन्सी । कोरोना भाइरसको संक्रमण हुँदा फोक्सो कमजोर हुन्छ । यसक्रममा शरीरमा प्रतिरक्षा प्रणाली बढाउनु अति आवश्यक हुन्छ । फोक्सोलाई सुरक्षित र बलियो बनाउन अत्यधिक जरुरी हुन्छ । शरीरमा अक्सिजनको लेवल कम भएमा सबैभन्दा चाडै रोग प्रतिरोधक क्षमतामा पर्छ । यस्तो समयमा कुनै पनि भाइरस र ब्याक्टेरिया हाम्रो शरीरमा हावी हुनसक्छ ।
कोरोना भाइरसको संक्रमण उच्च भएको अवस्थामा सबैभन्दा पहिले त आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । प्रतिरोधात्मक क्षमतालाई वृद्वि गर्ने खालका खानेकुरा सेवन गर्नुपर्छ । अझ सबैभन्दा बढी त शरीरमा हेमोग्लोबिनको मात्रा बढाउने पोषणयुक्त खाना खानुपर्छ ।
पुरुषलाई हेमोग्लोबिनको मात्रा १३.५ ग्राम आवश्यक हुन्छ भने महिलालाई १२ ग्रामको आवश्यकता पर्दछ ।
शरीरमा अक्सिजनको लेवल बढाउन आइरन, कपर, भिटामिन ए, भिटामिन बी २, बी ३, बी ५, बि ६, बि ९ र बि १२ले सहयोग गर्छ । यी चीज मासु, टुसा उम्रिएको गेडागुडी, केरा, पालक, एवोकाडो र बसे्रल्स, ब्राउन राइस, च्याउ, आलु, ब्रोकाउली, पनिर,अण्डा, दुध लही, ओट्स बदाम, टमाटर, सिमी, गाँजर र लौकामा प्रशस्त पाइन्छ ।