एजेन्सी, २२ बैशाख । बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले चिन्तामा छिन् । उनका बाबु तथा पुर्व ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोण कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका छन् । दिपिकाको आमा र बहिनी पनि संक्रमित भएका छन् ।
बेगलुरुमा बस्ने दिपिकाको परिवारलाई लगभग १० दिन अगाडी कोभिडको लक्षण देखिएको थियो । परिक्षण गर्दा सबैजनाको रिपोर्ट पोजेटिभ आएपछि घरमै बसेर उपचार सुरु गरेका थिए ।
तर प्रकाश पादुकोणलाई सातदिनसम्म ज्वरो कम नभए पछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य समस्या जटिल रहेको वेबदुनियाँले जनाएको छ ।