Logo

शेयरबजार ५ अंकले घट्दा ६ अर्बको कारोबार



काठमाडौं, २२ बैशाख । आज शेयर बजार ओरालो लागेको छ । ०.१९ प्रतिशत अर्थात ५ दशमलव ९ अंकले घटेर २६ सय ४९ दशमलव ६० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६३ अंकले घटेर ४ सय ३७ दशमलव ८१ विन्दुमा झरेको हो ।

नेप्सेको अनुसार आज २१८ कम्पनीको ७८ हजार ७७१ पटक कारोबार भएर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड ४८ लाख ६७ हजार ९९५ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

बुधबार व्यापार, हाइड्रोपावर, फाइनान्स र निर्जीवन बीमाको नेप्से सुचक बढेका छन् भने अन्य ९ समुहको घटेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्