Logo

रेल्वे अध्यादेश जारी



काठमाडौँ, २२ वैशाख: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन् ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्