काठमाडौं, २२ बैशाख । अन्तरिक्ष प्रतिष्ठान नेपाललाई सानिमा बैंकले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली विद्यार्थीबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपालीस्याट–२ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्य लिएको प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको हो ।
प्रतिष्ठानले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोसम्बन्धी तालिम दिँदै आएको छ ।
टोलीलाई नेपालका पहिलो अन्तरिक्ष नेपालीस्याट–१ को निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा.आभास मास्केले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा नेतृत्व गर्दै आएका छन् ।
कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सन् २०२३ सम्म ‘नेपालीस्याट–२ विद्यालय’ नामक स्याटलाइट निर्माणका लागि टिम निर्माण गर्नेछन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालीस्याट–२ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण÷प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरूप छात्रवृत्ति प्रदान गरेको छ ।