Logo

एनसीसी बैंकले १ लाख ८२ हजार संस्थापक शेयर विक्री गर्ने



काठमाडौं, २३ बैशाख । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले १ लाख ८२ हजार ८ सय ४२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने जनाएको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएको भन्दै संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot