काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज पनि शितलनिवास पुगेका छन् । विश्वासको मत लिने २७ वैशाख नजिकिदै गर्दा उनले भण्डारीसँग भेटघाट बाक्लो बनाएका छन् ।
ओलीले एकै दिन तीनपटक सम्म भेटेर छलफल गरेका छन् । उनले धमाधम अध्यादेश समेत राष्ट्रपतिसमक्ष सिफारिश गरे ।
ओलीले राष्ट्रपति भण्डारीलाई आफू अनुकूलको कदम चाल्ने वातावरण सृजना गरेको आरोपहरु लागिरहेको छ । संविधान ऐन कानुनसँग जोडिएका कतिपय निर्णयहरु मन्त्रिपरिषदबाट आएलगत्तै शितलनिवासबाट उक्त निर्णय सदर हुनुले आरोप पुष्टि गर्न बल पुगेको हो ।