Logo

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ



उदयपुर, २३ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ परेका छन् । छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका(३ विराज टोल बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

किशोरले ती बालिकालाई वैशाख १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्