Logo

भारतमा एकैदिन कोरोना संक्रमितको संख्या ४ लाख भन्दा बढी



एजेन्सी, २४ वैशाख । लकडाउनका बाबजूत भारतमा कोरोना संक्रमण घट्न सकेको छैन । २४ घन्टामा भारतमा चार लाख १४ हजार एक सय ८८ जनामा संक्रमण भएको छ । यो अहिलेसम्मकै उच्च हो ।त्यस्तै, २४ घन्टामा तीन हजार नौ सय १५ जनाको मृत्यु भएको छ ।

हाल भारतमा संक्रमितको संख्या २ करोड १४ लाख पुगेको छ भने दुई लाख ३४ हजारले ज्यान गुमाएका छन् । हाल भारतमा ३६ लाख ३४ जना सक्रिय संक्रमित छन् । संक्रमण नघटेपनि देशव्यापी रुपमा लकडाउनको माग भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot