Logo

कोभिड सेन्टर निर्माण गर्दै अजय देवगन



एजेन्सी, २४ बैशाख । नेपाल, भारत लगायत कयौ देशहरुमा कोरोना भाइरसको कारण स्थिति चिन्ताजनक बन्दै गएको छ । कतै मानवियता नै सकिने होकी भन्ने एक किसिमको चिन्ता थपिएकोे छ । औषधी उपचार गर्दा गर्दै पनि नेपालमा दैनिक ५० जना भन्दा धेरैले ज्यान गुमाएका छन् भने हजारौ मानिसहरु एकैदिनमा संक्रमित भएका छन् ।

कोरोनाको कहर बढेसँगै भारतमा लाखौ मानिसहरुको ज्यान गएको छ । केही दिन अगाडी आईसीयु बेड निर्माणार्थ १ करोड रुपैयाँ दिएका बलिउडका अभिनेता अजय देवगनले फेरी पनि सहगोगमा जुटेका छन् । अजय र फिल्मका निर्माता आनन्द पण्डितको सहकार्यमा जुहु र बोरीवालीमा दुई कोभिड सेन्टरको स्थापना गर्ने भएका छन् ।

निर्माता आनन्दले एक स्कुललाई कोभिड सेन्टर बनाएको जानकारी दिएका छन् । २५ बेड भएको उक्त कोभिड सेन्टर एक हप्ताबाट सुरु हुने बताइएको छ । उनीहरुले बोराीवालीमा पनि काम गरिरहेका छन् । अजय देवगनले २० बेड, अक्सिजन सपोर्ट र मनिटरको व्यवस्था भएको आईसीयु निर्माणको लागि केही दिन अगाडी ठुलो धनराशी सहयोग गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्