Logo

‘५० लाख डोज खोप खरिद गर्ने अवस्था छैन’



काठमाडौं, बैशाख २५ । सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोरोनाविरुद्धको खोप खरिद बिचौलियाले बिथोलेको समाचार सार्वजनिक भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुमति प्राप्त २० लाख डोज खोप प्रतिडोज ४ डलरमा खरिद गरिएको मध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विधि, परिस्थिति र भारतको अवस्थाले सेरमले नेपाललाई आपूर्ति गर्न आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’

मन्त्रालयले अन्य कम्पनीका खोपले औषधि व्यवस्था विभागवाट स्वीकृति पाएको र पाउने क्रममा रहेका जनाउँदै विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक र अन्य माध्यमबाट प्रयास गरिरहेको छ ।’

यसैबीच नेपाललाई अत्यावश्यक रहेको कोरोना खोप खरिद प्रक्रिया बिथोलेको आरोप लागेको हुकुम डिस्ट्रिब्युटर्सले हालसम्म नेपालले खरिद भएको भ्याक्सिनमा आफ्नो आधिकारिक सहभागिता नरहेको दाबी एक विज्ञप्तिमार्फत बिहीबार गरेको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot