Logo

एक महिनामा ५ सय ४३ कोरोना संक्रमितको मृत्यु



काठमाडौं, बैशाख २५ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणका कारण एक महिनाको अवधिमा ५ सय ४३ जनाको मृत्यु भएको छ । गत चैत २४ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ रहेकोमा वैशाख २४ मा आइपुग्दा ५ सय ४३ जना थप भई मृतकको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार वैशाखको पहिलो सातादेखि संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेखनीय रुपमा बढेको हो ।

गत २४ घण्टामा थप ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस अवधिमा कोरोना संक्रमण दर ४२।९ प्रतिशत छ । २४ घण्टामा परीक्षण भएका २० हजार ४ सय ८२ नमुनामध्ये ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्