Logo

राष्ट्रियसभा सदस्यमा एमालेकै दुई उम्मेदवार



काठमाडौं, बैशाख २५ । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा। खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् ।

गृहमन्त्रीसमेत रहेका थापा शुक्रबार मनोनयन दर्ता गर्न हेलिकोप्टरबाट प्रदेश राजधानी हेटौंडा आएका थिए । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन् ।

देवकोटा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल समूहको साझा उम्मेदवार हुन् । उनको प्रस्तावकमा माओवादीको वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशकी प्रमुख सचेतक राधा घले रहेका छन् । कांग्रेस, माओवादी, एमाले नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदसहित हेटौंडा ५ स्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर देवकोटाले मनोनयन दर्ता गराएका थिए ।

नेमकिपाका उम्मेदवार तामाङको प्रस्तावकमा सोही दलका प्रदेश सांसद सुरेन्द्रराज गोसाईं र समर्थकमा प्रदेश सांसद सिर्जना सैजु रहेका छन् । २०७४ सालको निर्वाचनमा माओवादीबाट राष्ट्रियसभा सदस्य भएका थापा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले पदमुक्त गराएको थियो । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा चुनाव हुने प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्