Logo

सात दिनमा सुदूरपश्चिमका ८५ जना कोरोना संक्रमितको मृत्यु



धनगढी, बैशाख २५ । सुदूरपश्चिम प्रदेशमा एक हप्ताको अवधिमा ८५ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये अधिकांशले अक्सिजन नपाएको चिकित्सकहरुले बताएका छन्।

८५ मध्ये गत शनिबार १०, आइतबार १२, सोमबार १४, मंगलबार ८, बुधबार ११, बिहीबार १७ र शुक्रबार १३ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको ज्यान जोखिममा परेको छ।अस्पतालहरूमा अक्सिजन र श्यया नपाएर बिरामीहरूले अकालमै ज्यान गुमाउनु परेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot