Logo

नेपाललाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौँ, २५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । आज (शनिबार) अमेरिकी टेलिभिजन सीएनएनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघलगायतका निकायलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गरिएको समेत उनले बताए। उनले अहिलेसम्म नेपालको परिस्थिति नियन्त्रणमा रहेको समेत दावी गरे ।



प्रतिक्रिया दिनुहोस्