Logo

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने



काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । आज नयाँ बानेश्वरस्थित् लोत्से हलमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । र, आफ्नै नेतृत्वमा वैकल्पिक सरकार बनाउन प्रयास गर्ने पनि निर्णय गरेको एक सांसदले जानकरी दिए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफलसमेत भएको थियो । तर, तत्काल अविश्वासको प्रस्ताव ल्याउन नपर्ने पनि कांग्रेसले निश्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् ।

बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले लिन विश्वासको मत फेल गराउने र उनको विरुद्धमा अविश्वासको प्रस्ताव पारित गराउनेबारे आफ्नो धारणा राखेका थिए । यसको लागि आफूले माओवादी केन्द्र, जसपा र माधव नेपालगायतसँग तिव्र छलफल गरिरहेको पनि आफ्ना सांसदहरुलाई देउवाको ब्रिफिङ थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्