काठमाडौं, २६ बैशाख । आज नेपाल स्टक (नेप्से)ले प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस प्रयोजनको लागि मुल्य समायोजन गरेको हो ।
बिहीबार कम्पनीको अन्तिम कारोबार मुल्य ९ सय ७२ रुपैयाँको आधारमा मुल्य समायोजन गरेर बोनसपछिको नयाँ ८ सय ८४ रुपैयाँ तोकेको हो ।