काठमाडौं, २६ वैशाख । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी ४० सांसदको समर्थनसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै विशेष अधिवेशनको पनि मागसहित प्रस्ताव दर्ता हुने भएको छ । ७९ सदस्यीय प्रदेशसभामा पोखरेलको विपक्षमा ४० सांसद रहेको दाबी गरिएको छ । अल्पमतमा परेका पोखरेलले एक महिनाभित्र विश्वासको मत लिनैपर्छ ।