Logo

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सुरु



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधरको स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । नेता भीम रावलले अब कसरी अघि बढ्ने भन्नेबारे अन्तिम टुँगोमा पुग्नेगरि आफुहरु छलफलमा जुटेको जानकारी दिए । हिजो बसेको बैठकमा माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने निश्कर्ष निकालेका थिए ।

कतिपयले २० जना मात्रै सांसदले राजीनामा दिनुपर्ने कुरा गरेका थिए भने कतिपयले राजीनामा दिँदा सबैले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका थिए । स्रोतकाअनुसार हिजोको बैठकमा माधव नेपाल पक्षधर २० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिनेगरि हस्ताक्षरको तयारी गरेका थिए । तर, पार्टी एकताको लागि भने अन्तिम प्रयासपनि जारी राख्ने भन्दै उनीहरुले सहमतिमा आउनको लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझसम्मको समय दिएका छन् । तर, अध्यक्ष ओलीले भने आफू कुनैपनि हालतमा २०७५ जेठ २ गतेमा फर्कन नसक्ने जवाफ माधव नेपाल पक्षलाई दिईसकेका छन् ।

प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । यसो गर्दा प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न सकिने र कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बन्न सक्ने नेपाल पक्षको आँकलन छ । File Photo



प्रतिक्रिया दिनुहोस्