Logo

अख्तियार, लोकसेवा र निर्वाचन आयोगमा क कस्को नियुक्ति सिफारिश



काठमाडौं, २६ वैशाख । संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायका सबै रिक्त पदहरुमा नियुक्तिको सिफारिश गरेको छ । आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र निर्वाचन आयोगलगायतका निकायमा नियुक्तिको सिफारिश गरेको हो ।

सबैको चासो रहेको अख्तियारको रिक्त दुई आयुक्तहरुमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलिप रेग्मी र पूर्वआइजीपी सर्वेन्द्र खनाललाई नियुक्त सिफारिश गरिएको बुझिएको छ । यद्यपि नाम अझै खुलाइएको छैन ।

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिको सिफारिश गरिएको छ । सदस्यहरु पनि नियुक्तिको सिफारिश गरिएको बुझिएको छ ।
निर्वाचन आयोगको रिक्त सदस्यमा पूर्वसचिव वीरबहादुर राईको नियुक्तिको सिफारिश भएको छ ।

सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक राखेर निर्णय गरेको हो । आज विहान बसेको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बैठकमा सहभागी थिए ।

सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाले बैठक बहिष्कार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्