Logo

माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिने कि नदिने भन्नेबारे अन्तिम निर्णय लिन सिंहदरबारमा भेला भएका छन् । एक सांसदले दिएको जानकारीअनुसार उनीहरु अहिले सिंहदरबारस्थित् अर्थ समितको हलमा भेला भएका छन् । यसअघि नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको भर्चुअल माध्यमबाट छलफल भएको थियो ।

उक्त छलफलमा अब राजीनामा दिनुको विकल्प नहुने निश्कर्ष निकालिएको छ । तत्काललाई प्रत्यक्ष निर्वाचित सांसदहरुले मात्रै राजीनामा दिने तयारी भएको एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । यद्धपी केही नेताहरुले आजै राजीनामा नदिनको लागि नेता नेपाललाई दबाब दिएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै आफूहरुले एकताको लागि हदैसम्मको लचकता अपनाएको तर, प्रधानमन्त्री सच्चिन तयार नभएपछि राजीनामा दिने निश्कर्षमा पुगेको एक नेताले बताए ।

नेता नेपालले भने आज सबै सांसदहरुसँग (प्रत्यक्ष निर्वाचित र समानूपातिक) छलफल गरेरमात्रै निश्कर्ष पुग्ने जनाएका छन् । हिजै राजीनामा दिन हस्ताक्षर तयार भएको समाचार आएका थिए । आज विानसम्म आईपुग्दा केही सांसदले आफूहरु राजीनामा नदिने पक्षमा रहेको भन्दै फुट स्विकार्य नहुने स्पष्ट पारेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्