Logo

काठमाडौंमा मात्रै ३१ सय ६१ संक्रमित थप



काठमाडौँ, २६ बैशाख । आज देशभर ८ हजार ८ सय ५० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँ जिल्लामा ३१ सय ६१, ललितपुरमा ५५३ र भक्तपुरमा ५०४ संक्रमित थपिएका हुन् ।८  हजार ७ सय ७७ पिसीआर परिक्षणबाट र  ७३ जना जनाको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्