Logo

माधव नेपाल भेटेपछि सिंहदरबारबाटै प्रधानमन्त्रीलाई नेम्वाङको ‘ब्रिफिङ’



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताबारे सुवास नेम्वाङले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका छन् । सिंहदरबारस्थित् दलको कार्यालयमा रहेको आफ्नो कार्यकक्षबाट फोनमार्फत नेता नेम्वाङले माधव नेपालसँग भर्खरै सम्पन्न भएको भेटवार्ताबारे ब्रिफिङ गरेका हुन् । आजको वार्तामा कुनै सहमति भएको थिएन । तर, पार्टी एकता जोगाउने विषयमा नेता नेपाल गम्भीर रहेको नेम्वाङको भनाई थियो ।

माधव नेपालसँग पौडेल र नेम्वाङको वार्ता सकियो, पौडेलले भने–‘कुरा पोजेटिभ भयो, तर सहमति भएन’

बैठकपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा नेता नेम्वाङले भने–‘आज राम्रै छलफल भयो । पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’ नेम्वाङले माधव नेपाल र उनी पक्षधर सांसदहरुले राजीनामा दिनु भनेको आत्मघाती कदम हुने पनि टिप्पणी गरे । उनले भने,‘पार्टी एकता बचाउनको लागि प्रधानमन्त्री चिन्तित हुनुहुन्छ । राजीनामा दिने कुरा भनेको पार्टी र जनताको कुरा हो । जनतामा कसरी जानुहुन्छ ? हुन त माधव नेपालले राजीनामा दिने कुरा भन्नुभएको छैन् ।’ उनले आफूहरुसँगको भेटमा नेता नेपालले मिलेर जाऔं मात्रै भनेको पनि सुनाए । उनले थपे,‘उहाँले आज बटमलाईनको कुरा गर्नुभएन ।’ Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot