काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा केशवकुमार पौडेललाई पुनः नियुक्त गरेको छ ।
सीईओ पौडेलको कार्यकाल सकिनै लाग्दा शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी थप ४ वर्षको लागि पुनः नियुक्त गरेको हो । सबैको लघुवित्तको तनहुँ बन्दिपुरमा केन्द्रीय कार्यालय रहेको छ ।