काठमाडौं, २६ बैशाख । प्रदीप नेपालले माधव कुमार नेपाल पक्षलाई तत्काल सांसद पदबाट राजीनामा नदिनको लागि सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत नेता नेपालले राजीनामा गर्न नहतारिन आग्रह गरेका हुन् । उनले लेखेका छन्–‘राजीनामा गर्न नहतारिनुस है, भोलि चुनाव लड्ने हो भने अप्ठेरो पर्न सक्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिन लागेका छन् । यही बेलामा नेता नेपालले वरिष्ठ नेता माधव नेपाल र उनी पक्षधर सांसदहरुलाई राजीनामा दिन हतार नगर्न आग्रह गरेका हुन् ।