Logo

माधव नेपाल पक्षधर सांसदहरुले आज राजीनामा नदिने, भीम रावल भन्छन्–‘जुनसुकै बेला राजीनामा आउनसक्छ’



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले आज नदिने भएका छन् । सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिमा भएको नेपाल पक्षधर सांसदहरुको छलफलबाट सांसदहरु बाहिरिएका छन् । सांसद डा. भीम बहादुर रावलले आजै राजीनामा दिने सम्भावना नरहेको जिकिर गरे । तर, आफूहरु जुनसुकै बेला राजीनामा दिने तयारीमा रहेको सुनाए ।

उनले भने,‘जुनसुकै बेला हाम्रो राजीनामा आउन सक्छ, हामी अझै छलफलमा छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै सामूहिक राजीनामा दिने तयारीमा नेपाल पक्षधर सांसद पुगेका छन् । तर, यस सम्बन्धमा अझै छलफल गर्नुपर्ने बाँकी रहेकोले आज राजीनामा दिने सम्भावना नहरेको रावलले बताए ।

नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि हिजो साँझदेखि घनिभूत छलफलमा छन् । सिंहदरबारमा राजीनामा दिनेगरि सांसदहरु भेला भएका थिए । नेपाल पक्षधर सांसदहरुको छलफल सुरु हुनुभन्दा पहिले नेपालसँग प्रधानमन्त्री ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले वार्ता गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot