Logo

माधव पक्षधर सांसदहरुको बैठक सम्पन्न, ओलीलाई भोलि विहान ९ बजेसम्मको अल्टिमेटम



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न भएको छ । उक्त बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि विहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । भोलि विहान ९ बजेसम्म पनि पार्टीलाई एकताबद्ध बनाउनको लागि कदम नचाले अप्रिय कदम चाल्ने निर्णय गरेको एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिने भएका छन् । तर, नेपाल पक्षले पार्टीलाई एक ढिक्का बनाएर लैजानको लागि अध्यक्ष ओली लचिलो नबनेको आरोप लगाउँदै आएको छ । आजको बैठकमा नेपाल पक्षधर सबै सांसदहरुले भोलि विहान ९ बजेसम्म कुर्ने र ९ बजेसम्म पनि अध्यक्ष ओली २०७५ जेठ २ गते नफर्किए सामूहिक राजीनामा दिने उनीहरुको तयारी छ । आजमात्रै अध्यक्ष ओलिनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले नेता नेपालसँग छलफल गरेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्