Logo

ओलीको सम्झना भैरहने छ : कमल थापा



काठमाडौं, २७ बैशाख । राप्रपाका अध्यक्ष कमल थापाले अनेक विवाद र असफलताका बावजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन गरेको र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने काम गरेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भैरहने विश्वास दिलाएका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका छन् । प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि अध्यक्ष थापाको यस्तो भनाई आएको हो ।

उनले लेखेका छन्–’नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli  ले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।आजै राजीनामा आउला।फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद/असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्