Logo

महाराष्ट्रमा १०३ वर्षीय बृद्वले जिते कोराना



एजेन्सी, २७ बैशाख । हाल हजारौ मानिसहरु कोरोना संक्रमित भएका छन् । स्वस्थ मानिसहरुले संक्रमणकै कारण ज्यान गुमाउदा थप त्रास उत्पन्न भएको छ । तर भारतको महाराष्ट्रमा भने १०३ वर्षीय पुरुष कोरोना संक्रमण मुक्त भएका छन् । जवान मानिसहरुले ज्यान गुमाएको यस्तो महामारीमा अति संवेदनशील उमेरमा पनि पलघर जिल्लाका यी बृद्वले कोविड–१९ लाई परास्त गरेका हुन् ।

अस्पतालको अनुसार बृद्वलाई कर्मचारीबाट पुरै सहयोग गरेको थियो । शनिबार उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालले ती बृद्वलाई हातमा फुल दिएर बिदा गरेको छ ।
पलघर जिल्लामा ९५ हजार ६८२ जना संक्रमित रहेका छन् भने १७ सय १५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस्