Logo

बाँकेका अस्पतालमा भर्ना भएका थप दुईको मृत्यु



राँझा, २७ वैशाख : बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको गए राती मृत्यु भएको छ । भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं. ७ बर्दिया निवासी ४६ वर्षीया महिला र बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुष छन् । यही वैशाख २६ गते भेरी अस्पतालमा भर्ना भएकी गुलरिया नगरपालिका वडा नंं ७ बर्दिया निवासी ४६ वर्षीया महिलाको गए राती १०ः०० बजे मृत्यु भएको हो भने यहि वैशाख २६ गते भर्ना भएका बाँसगढी नगरपालिका वडा नंं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुषको गए राती ११ः५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्