काठमाडौं, २७ बैशाख । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ । आज सिंहदरबारमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए । आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदैछन् ।
दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । उता, एमालेकै माधव कुमार नेपाल पक्षले भने आजको बैठकमा उपस्थित् नहुने निर्णय गरिसकेका छन् ।
आजको बैठकले प्रधानमन्त्री ओलीको राजीनामाको पनि माग गरिएको छ। तर, प्रधानमन्त्रीले सदनमा आफूलाई कसरी प्रस्तुत गर्छन् त्यो हेरेर थप निर्णय लिने पनि जनाईएको छ । माओवादी केन्द्रले आजै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत पेश गर्ने तयारी गरेको र सोबारमो आजको बैठकमा छलफल भएको जनाईएको छ । File Photo/ReportersNepal