Logo

२७ अंकले नेप्से बढ्दा ४ अर्बमा कारोबार सिमित



काठमाडौं, २७ बैशाख । आज नेपालमा शेयर बजार २७ अंकले बढेको छ । सोमबार १.०५ प्रतिशत अर्थात २७ दशमलव ४१ अंकले बढेर २६ सय ४५ दशमलव ८४ विन्दुमा पुगेपनि कारोबार रकम भने ४ अर्बमा खुम्चिएको छ । आइतवार ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ३५ अंकले बढेर ४७५ दशमलव १२ विन्दुमा पुगेको हो ।

नेप्से परिसुचक आज २१८ कम्पनीको ५१ हजार २३५ पटक कारोबार भएर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार कित्ता शेयर खदिर बिक्रि भएको छ । आज १३ वटा उपसमुहहरुको नेप्से सचक बढेका छन् । सबैभन्दा धेरै अन्य उपसमुहको २.३७ प्रतिशतले बढेको हो ।



प्रतिक्रिया दिनुहोस्