Logo

तटस्थ बस्छौंः महन्थ ठाकुर



काठमाडौं, २७ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष दुवैमा नभएको प्रष्ट पारेका छन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने वशेष अधिवेशनमा बोल्दै उनले तटस्थ बस्ने बताए ।

‘हामी विश्वासको मतको पक्ष या विपक्ष दुवैमा छैनौं, तटस्थ बस्छौं,’ ठाकुरले भने । उनले आफूहरुको पीडाको सुनुवाई नभएको र त्यसमा अहिलेको संविधान नै समस्या भएको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरुको कुरा सुनेको भन्दै धन्यवाद दिए । ओली सरकारले आफ्ना नेता कार्यकर्ता गरी १२० जनाको मुद्दा फिर्ता गरेकोमा धन्यवाद दिए ।
तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्