Logo

नेप्से परिसुचक १ प्रतिशतले बढ्दा यी कम्पनीको कारोबार उच्च



काठमाडौं, २७ बैशाख । साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसुचक १.०५ प्रतिशत अर्थात २७ दशमलव ४१ अंकले बढेर २६ सय ५६ दशमलव ८४ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ४ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

सोमबार सबैभन्दा पुर्नबीमा कम्पनीको शेयर कारोबार रकम बढी भएको छ । कम्पनीको प्रतिशेयरमूल्य १४ सय ९६ रुपैयाँ कायम भई २७ करोड ४ लाख भन्दा धेरैको कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशीको १९ करोड ७० लाख भन्दा धेरैको कारोबा भएको छ ।
हाइड्रो इलेक्ट्रिसीटि एण्ड एन्भेष्टमेन्टको १८ करोड ७ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, आज हिमालयन डिष्टलरी, महिला लघुवित्तको कारोबार धेरै भएको छ ।



प्रतिक्रिया दिनुहोस्