काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली लिने विश्वासको मतको विपक्षमा मत हाल्ने बताएका छन् । संसद बैठकमा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले उपलब्धिमाथि नै आघात पुगाउने काम गरेको पनि टिप्पणी गरे ।
तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने आफूहरु तटस्थ बस्ने बताएका थिए । उनले प्रधानमन्त्री ओलीमाथि खासै आलोचना गरेनन् । बरु, आफूहरुका केही माग सम्बोधन गरेको भन्दै उनले धन्यवादसमेत दिए ।