Logo

बहुमतको सरकार बनाउन प्रधानमन्त्री ओलीको विपक्षीलाई चुनौती



काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार बनाउन विपक्षीलाई चुनौती दिएका छन् । आज विश्वासको मत लिने विशेष अधिवेशनमा सांसदहरुको प्रश्नको उत्तर दिदै ओलीले बहुमत देखाएर सरकार बनाउन चुनौती दिएका हुन् ।

‘बहुमत देखाएर सरकार बनाउनुहोस् आवश्यक परे मार्ग प्रशस्त गर्छु,’ ओलीले भने । उनले अविश्वासको प्रस्ताव नल्याउने र समर्थन पनि फिर्ता नलिने गरेपछि आफूले अढाईं महिना पर्खिएको बताए ।

अति भएपछि आफूले विश्वासको मत लिने निर्णय गरेको बताए । उनले भने,‘इनफ इज इनफ भएपछि यो कदम चालेको हुँ ।’-तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्