Logo

भारतमा कोरोना भाइरसको भेरियन्ट देखेर डब्लुएचओ चिन्तित



एजेन्सी, २७ बैशाख । कोरोना भाइरसको भारतमा भेटिएको भेरियन्टबाट विश्व नै चिन्तामा परेको छ । भर्खरैमात्र दक्षिण अफ्रिकामा पनि संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतीय भेरियन्टमाथि चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका मुख्य वैज्ञानिक सौम्या स्वामिनाथनले आज भारतमा महामारीले विस्फोटक रुप लिएको बताएका छन् । उनले भारतको वर्तमान अवस्थाले भेरियन्ट तिव्ररुपमा फैलिरहेको चेतावनी समेत दिएका छन् ।

भारतमा फैलिरहेको भेरियन्ट बि.१.६१७ पछिल्लो समय अक्टोबरमा पहिलो पटक पत्ता लागेको थियो । उनको अनुसार महामारी फैलुनुको कारण यही भेरियन्ट हो । उनले भने, ‘तिव्ररुपमा भेरियन्टको गति बढाउने कारक तत्वहरु धेरै छन् । त्यसमा पनि यो छिटो फैलने भाइरस मध्ये एक हो ।’

बि.१.६१७ लाई डराउनुपर्ने भेरियन्ट नभएको बताइएको थियो । तर, अहिले वैज्ञानिक सौम्या भन्छन्, ‘यो चिन्ताजनक भेरियन्ट हो, किनकी उत्परिवर्तनले प्रसारणको गति बढाएको छ र खोपले सार्ने एन्टिबडीहरुलाई बेअसर पनि गर्न सक्छ ।’



प्रतिक्रिया दिनुहोस्