काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) ले पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई पार्टीको केन्द्रीय कमिटी बैठक बसेर कारबाही गरिने जानकारी दिए । संसद भवन परिसरमा पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
माधव नेपाल पक्षधर २८ जना सांसदहरुले आज पार्टीको ह्वीप उल्लंघन गरेका थिए । उनीहरुलाई अब कहिले कारबाही हुन्छ ? भनेर सोधिएको प्रश्नमा प्रमुख सचेतक भट्टराईले भने–‘“ह्वीप उल्लंघन गर्नेलाई पार्टी केन्द्रीय कमिटी अथवा संसदीय बोर्ड बैठक बसेर कारबाही गर्नुपर्ने हुन्छ ।”
यी हुन् ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद (सुचीसहित)