Logo

ओलीको चतुर्याई: ह्वीप उल्लंघन गर्ने २० प्रत्यक्ष निर्वाचित सांसदमाथि कारबाही नगर्ने



काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्वीप उल्लंघन गर्ने प्रत्यक्ष निर्वाचित २० सांसदमाथि कारबाही नगर्ने रणनीति बनाएका छन् । उनीहरुलाई कारबाही गरी पदमुक्त गरे ओलीलाई हटाउन बहुमतको सरकार बनाउने मार्ग सहज बन्न सक्छ । यो अंकगणित बुझेर ओली उनीहरुमाथि तत्काल कारबाही नगर्ने निर्णयमा पुगेको बुझिएको छ ।

समानुपातिकतर्पको ८ सांसद भने पदमुक्त गरिनेछन् । उनीहरुको ठाउँमा बन्दसूचीमा तल रहेकाहरु निर्वाचित हुनसक्नेछन् ।

नेकपामा कुल १२१ सांसद छन् । जसमध्ये माधव नेपाल समूहका कुल २८ सांसद देखिए । उनीहरु आज पार्टीको ह्वीप उल्लंघन गरी विश्वासको मत लिदा अनुपस्थित भए ।
ह्वीप उल्लंघन गर्नेहरुमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, सुरेन्द्र पाण्डे, भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण बिष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडालगायत छन् ।

यी हुन् ह्वीप उल्लंघन गर्ने एमालेका २८ सांसद (सुचीसहित)

ह्वीप उल्लंघन गर्नेहरुमाथि कारबाही नगरे उनीहरुले राजीनामा गर्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा ओलीबाहेकको बहुमतको सरकार बन्ने सम्भावना बलियो रहन्छ । जसपाको १७ सांसद बहुमतको सरकार बनाउने समिकरणको पक्षमा आएमा पनि संसदको अंकगणित पुग्छ ।

विश्वासको मतको पक्षमा ९३, विपक्षमा १२४, मत दिन्न भन्ने पक्षमा १५

जसपाका सांसदहरु को कता (सुचीसहित)



प्रतिक्रिया दिनुहोस्