आमा मलाई जन्म दिएर
तिमिले आफ्नो दायित्व बोध गरायौ
मुटुको टुक्रा जसरी छाती भित्र
मेरा हरेक आशुका थोपामा
आफ्नो आशुको थोपा मिसाएर बगायौ
मेरा हरेक खुसीमा
आफ्नो पिडा लुकाएर सघायौ
मेरा हरेक रिस आवेगहरूलाई
आफ्ना हरेक मुस्कानले भगायौ
मेरा हरेक कमी कमजोरीहरूलाई
मातृत्वको प्रेमको लेपन लगायौ
मेरा ती हरेक पाइलाहरूलाई
आफै गोरेटो बनेर हिँडायौ
मेरा भविष्यका सपनाहरू पुरा गर्
आफ्ना हरेक दिनका निद्रा गुमायौ
तर तिमिले के पायौ आमा
मात्र तिम्रो कर्तव्य पायौ
ओइलाइएका ती जिन्दगीका सपना पा
मुटु भित्र दबेर बसेका पिडाहरू
आमा भन्ने शब्दको आदर्श भन्दा
अरू के भरोसा र विश्वास पायौ ?
मैले त मेरो परिवार पाए
तिमीले खोजी दिएको श्रीमती पाए
तिमिले हुर्काई दिएका बाल बच्चा
आफ्नो नाम र इज्जत प्रतिष्ठा पा
दुनियाका अघाडी तिम्रो नाम जोडन
आमाको स्याहार सुसार गरेको छु भ
तर मलाई थाह छैन आमा
तिम्रो माया मैले कहाँ गुमाए
तिम्रो मातृत्वको कुटुरो कहाँ फु
तिम्रो आशुको भेल कहाँ बगाए
तिम्रा ती मुस्कानहरू कहाँ लुका
तिमिलाई लुकाउँदै छक्क्याउदै भु
मैले मेरो विश्वास यसरी गुमाए
तिमिले मेरो लागी जीवन दिँदा
म त तिमी बिना पनि यसै गरी रमाए
माफ गरे आमा
मैले प्रायश्चित अवश्य गर्नेछु
आमाको मुख हेर्ने दिनमा
तिमीलाई एउटा कल गर्नु भुले पनि
हरेक सामाजिक सञ्जालमा
तिम्रो तस्बिर अवश्य भर्नेछु
तिम्रो मृत्यु पश्चात्
दुई चार खोपा आशु चुहाएर भए पनि
सहानुभूतिका भावनाहरू बटुल्नेछु
तिम्रो पुण्य तिथी भुले पनि
फेसबुकले सम्झाएको दिनमा
श्रद्धाञ्जली शब्दहरु अर्पण गर्
माफ गरे आमा
मलाई दुख: र पिडा परे
तिमीलाई पुकार म अवश्य गर्नेछु
तिमी पितृ लोकमा भए पनि
म तिम्रै शरणमा पर्नेछु
माफ गरे आमा
म तिम्रै शरणमा पर्नेछु !!