काठमाडौं, २८ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई इमेलमार्फत् पत्र लेख्दै पार्टीले कुनै पनि सरकारमा सहभागी हुने निर्णय नलिएको जानकारी दिएका छन् । आज उनले पठाएको पत्रमा जसपा गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी नुहने उल्लेख गरेका छन् ।
ठाकुरनिकट एक नेताले विपक्षी गठबन्धनमा उपेन्द्र यादवको हस्ताक्षरलाई व्यक्तिगत भनिएको छ । ठाकुरले पार्टीको आधिकारिक पहिलो अध्यक्ष आफू रहेको दाबी समेत गरेका छन् ।
‘विपक्षी गठबन्धनमा उपेन्द्र यादवको हस्ताक्षर व्यक्तिगत हो,पार्टीको आधिकारिक पहिलो अध्यक्ष म हुँ।पार्टीले कुनै पनि सरकारमा सहभागी हुने निर्णय लिएको छैन।त्यसकारण जसपा गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी हुँदैन।,’ ठाकुरनिकट नेताले इमेलपत्रबारे भने । बहुमतको गठबन्धन सरकारमा जसपा सहभागी हुने गरी अध्यक्ष उपेन्द्र यादवले २७ वैशाखमा हस्ताक्षर गरेको भोलिपल्ट अर्का अध्यक्ष ठाकुरले राष्ट्रपति भण्डारीलाई पत्र लेखेका हुन् ।