झापा, २८ बैशाख । गोरुको मासु बेचबिखन गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । गोरुको मासु बेचबिखन गरेको अभियोगमा बिर्तामोड नगरपालिका(५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटी रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासु सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।