काठमाडौं, २८ बैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिनको लागि थप भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले थप कडाईको साथ जेठ १३ सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
बैठकले पहिला बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुलाउनृ पाउने व्यवस्था गरेकोमा भोलीदेखि १० बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ । यसैगरी, उपत्यकाभित्रका अत्यावश्यकबाहेक अन्य सबै कार्यालय बन्द गर्ने, निजि निर्माणको लागि सवारी साधन चलाउन नदिने पनि बैठकले निर्णय गरको छ ।
उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि पहिलो पटक बैशाख १६ गतेदेखि एक हप्ताको लागि सरकारले निषेधाज्ञा लागु गरेको थियो । दोस्रोपटक २२ गतेदेखि एक हप्ताको लागि थप गरेको थियो ।