काठमाडौं, २९ बैशाख । कृषि विकास बैंकले ऋणपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ४ प्रतिशत ब्याजदरको ‘एग्रिकल्चर बोण्ड’ नामक ऋणपत्र जारी गर्नको लागि बैशाख १३ गते बोर्डमा निवेदन दिएको जनाएको हो ।
बैंकले ४ अर्ब ४० लाख कित्ता ऋणपत्र विक्रि गर्न लागेको हो । कुल कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता विभिन्न संघसंस्थाहरुका लागि विक्रि गर्ने बैकले ंजनाएको छ । बैकले ऋणपत्र विक्रि तथा प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।