काठमाडौं, २९ बैशाख । नेपालमा कोरोना संक्रमणदर उच्च स्थानमा पुगेको छ । दैनिक ९ हजार जना नयाँ संक्रमित थपिएका छन् । सरकारले संक्रमण नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यका लगायत केही जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञामा पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लागनी बढेको छ । निषेधाज्ञा जारी भएको एक हप्ताको अवधिमा बैंकहरुको निक्षेप संकलन १० अर्ब र १५ अर्ब कर्जा लगानी बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।
बैकहरुले ३९ खर्ब ३३ अर्ब रुपैयाँ बैशाख २४ गतेसम्म संकलन गरेका छन् भने ३६ खर्ब ९ अर्ब रुपैयाँ बैशाख २४ गतेसम्ममा कर्जा लगानी गरेका छन् ।